नेकपाको सांगठनिक संरचनामा तीन लाख नेता–कार्यकर्तालाई प्रत्यक्ष जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २५, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २५, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया तल्लो तहसम्म टुंगो लाग्दा तीन लाख नेता–कार्यकर्ताले संगठनमा जिम्मेवारी पाउने भएका छन् ।

दुई पार्टी मिलेर नेकपा गठन भएको आठ महिनापछि केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा तल्लो तहसम्म एकीकरण प्रक्रियालाई पूर्णता दिन बनेको कार्यदलले तीन लाख नेता–कार्यकर्ताले संगठनको प्रत्यक्ष जिम्मेवारी पाउने मापदण्ड बनाएको छ ।

पुस मसान्तसम्म काम सक्नेगरी कार्यसम्पादन गर्दै आएको कार्यदलले १२ लाख कार्यकर्तालाई अप्रत्यक्ष रुपमा पार्टी काममा खटाउन सक्ने मापदण्ड तय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस